काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ५६ दशमलव ९४ प्रतिशतले बृद्धि हुँदा २१८६ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज कुल ५ अर्ब ४७ करोड ६२ लाख २८ हजार रुपैयाँको शेयर कारोबार हुँदा २५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ७९५ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ८८७ रुपैयाँ कायम भएको छ । साथै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रति शेयर मूल्य ५०७ रुपैयाँ कायम भएको छ ।