IME Life
Beema Board

जेठ महिनासम्ममा जीवन बीमा कम्पनीको कुल व्यवसाय एक खर्ब २४ अर्ब, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब २४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले कुल एक खर्ब २४ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा नविकरण भने ९८ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । जसमा प्रथम बीमा शुल्क आर्जन जम्मा २५ अर्ब ९५ करोड रुपैयाँ मात्रै छ ।

जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै नेपाल लाइफले ३२ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको नविकरण बीमा शुल्क आर्जन २७ अर्ब २२ करोड रहेको छ भने प्रथम जम्मा ५ अर्ब १३ करोड मात्रै रहेको छ ।

Prabhu
Crest

दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा एलआइसी नेपाल नै छ । एलआइसीले जेठ महिनासम्मा १५ अर्ब ४८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा नविकरण तर्फ १३ अर्ब ४७ करोड रहेको छ भने प्रथम जम्मा २० करोड १० लाख मात्रै छ ।

तेस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेशनल लाइफ रहेको छ । नेशनलले कुल १४ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरण १० अर्ब ८४ करोड र प्रथम बीमा शुल्क ३२ करोड २४ लाख रुपैयाँ रहेको छ । तीन वटा कम्पनी मर्जर भएर बनेको हिमालयन लाइफको कुल बीमा शुल्क आर्जन १३ अर्ब १२ करोड रुपैया छ । कम्पनीले ११ अर्ब १६ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्दा प्रथम भने १९ अर्ब ६१ करोड रहेको छ ।

चौथो धेरै बीमा शुल्क आर्जन गर्नेमा राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले ७ अर्ब ८६ करोड आर्जन गरेको छ । पाँचौ नम्बरमा सूर्यज्योति लाइफले ७ अर्ब ४९ करोड, एशियन लाइफ ६ अर्ब ११ करोड, सानिमा रिलायन्स लाइफ ४ अर्ब ८६ करोड, सिटिजन लाइफ ४ अर्ब ८३ करोड, मेट लाइफ ४ अर्ब ७७ करोड, आइएमई लाइफ ३ अर्ब ५६ करोड, सन नेपाल लाइफ ३ अर्ब ४२ करोड, रिलायबल नेपाल ३ अर्ब २८ करोड, प्रभु लाइफ एक अर्ब ८४ करोड, महालक्ष्मी लाइफले एक अर्ब ४२ करोड रुपैया बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS