Connect IPS
IME Life

शेयर बजारमा तिव्र उतारचढाव, नाफा बुक सँगै ११ अंकको सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोमबार शेयर बजारमा तिव्र उचारचढाव देखिएको छ । कारोबार खुल्ने वित्तीकै आक्रामक रुपमा बढ्न सुरु गरेको नेप्से सूचक अधिकतम २१५४ अंकसम्म पुग्यो । तर कारोबारको अन्तिममा नेप्से सूचक २१२९.४२ अंकमा सिमित भएको छ ।

बीमा कम्पनी र हाइड्रोपावरका लगानीकर्ताले नाफा बुक गर्दा बजार माथि जान सकेन । बीमा, हाइड्रो, होटल लगायतका सूचकमा नाफा बुक गरेर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको शेयर उठाएका छन् । आज सबैभन्दा धेरै होटल समुहका शेयरमै बढि चलखेल भएको छ । अन्तिम समयसम्म पनि होटलको सूचक घटिरहेको थियो । तर कारोबारको अन्तिम मिनेटमा होटलको शेयर मूल्य बढाएर समग्र नेप्से सूचक नै बढाइएको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स तथा फाइनान्सको शेयर मूल्यमा सुधार देखिएको छ भने बाणिज्य बैंक र विकास बैंकको शेयर मूल्यमा सामान्य सुधार देखिन्छ ।

Prabhu
Crest

सोमबार १२३ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ९८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ । कुल ५ अर्ब ३१ करोडको कारोबार हुँदा सर्वाधिक धेरै शिवम सिमेन्टको मात्रै ४२ करोड २ लाखको खरिद बिक्री भएको छ ।

बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गइरहेको छ । बैंक वित्तीय संस्थाहरुको कर्जा धेरै नै बिग्रिए पनि राष्ट्र बैंकले भरथेग गरेर बसिरहेको छ । बैंकहरुले शेयरधितो कर्जामा ध्यान केन्द्रित गरिरहेका छन् । यसले पनि बजारमा सुधारका लागि सपोर्ट गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS