Connect IPS
IME Life

रिपब्लिक मिडियाको आइपिओ बाँडफाँड सम्पन्न, गृहमन्त्री श्रेष्ठले गरे गोलाप्रथा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल रिपब्लिक मिडियाको आइपिओ बाँडफाँड गरेका छन् । उनले आइपिओ बाँडफाँड कार्यक्रममा उपस्थित भएर नम्बर पिक गरेका हुन् । सामान्यतया शेयर बाँडफाँडमा मन्त्री त्यसमा पनि गृहमन्त्रीको उपस्थिति हुने गरेको पाइदैन । तर नेपाल रिपब्लिक मिडियाले आफ्नो पहुँच देखाउन गृहमन्त्रीलाई नै उभ्याएको छ ।

कम्पनीले काठमाडौंको ठमेलस्थित छाँया सेन्टरमा रहेको होटल अलोफ्टमा बाँडफाँड सम्पन्न गरेको हो । आज भएको बाँडफाँडबाट कम्पनीको शेयर ३ लाख ६१ हजार ९८९ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । त्यस्तै एक भाग्यशाली लगानीकर्ताले थप एक कित्ता सहित ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

Prabhu
Crest

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको आईपिओमा माग भन्दा ३.८४ गुणा बढीको आवेदन परेको छ ।

सिडीएससीका अनुसार कम्पनीको आइपीओमा १२ लाख ८२ हजार ६ सय ३६ जना आवेदकबाट १ करोड ३९ लाख २३ हजार ३ सय कित्ताको लागि आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS