Connect IPS
IME Life

होटेल बेचेर बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, मन्दीमा पैसा बनाउने रणनीति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक मन्दी र सुस्ताएको अर्थतन्त्रमा वैकल्पिक आम्दानीको स्रोतको बनाउन लगानीकर्ताहरुले शेयर बजारलाई प्रयोग गर्न थालेका छन् । एकदमै कम चुक्ता पूँजी भएका र सेक्टरल कन्फिडेन्सलाई बढाउदै छोटो समयमा राम्रो पैसा बनाउने लगानीकर्ताको रणनीति देखिन्छ । विगत दुई तीन महिनामा होटल समुहबाट लगानीकर्ताहरुले दोब्बर भन्दा धेरैले पोर्टफेलियो बनाएका छन् ।

कोभिड १९ पछि थिलिएका सूचिकृत होटलको शेयर मूल्य एकदमै तल्लो विन्दुमा थियो । कोभिड १९ को प्रभाव विस्तारै कम हुँदै गए पछि लगानीकर्ता सबैभन्दा पहिला होटलको शेयरलाई चलाएका छन् । यस भन्दा अघिल्लो बुलमा आधार मूल्य हाराहारीका जलविद्युत कम्पनीको शेयर मूल्यलाई उकासेर बुलको सुरुवात गरेका थिए ।

Prabhu
Crest

होटलको शेयर मूल्यमा नाफा बुक गर्दा लगानीकर्ताले आफ्नो पोर्टफेलियो बीमा कम्पनीमा सिफ्ट गर्न थालेका छन् । बीमा कम्पनीको शेयर मूल्य दोस्रो बजारमा आकर्षक मानिन्छ । तर बीमा प्राधिकरणको हकप्रद निष्काशनमा लगाएको रोक पछि चलायमान हुन सकेको थिए । प्राधिकरणले हकप्रद शेयर निष्काशनमा रोक लगाएर मर्जरमा जान दवाव दिए पछि लगानीकर्ताको ध्यान बीमा कम्पनीमा थिएन ।

प्राधिकरणले यहि साउन पछि बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन गर्न दिने संकेत सँगै लगानीकर्ताको ध्यान बीमा कम्पनीमा परेको हो । यसले गर्दा पछिल्ला दिनमा बीमा कम्पनीको शेयर मूल्यमा दिन दिदै सुधार भइरहेको छ ।

जवकी बाणिज्य बैंकको शेयर मूल्य सुधार हुनुको सट्टा तल झरिरहेको छ । यसको पनि एक मात्रै कारण भनेको नेपाल राष्ट्र बैंक हो । राष्ट्र बैंकले बैंकहरुको हकप्रद शेयर निष्काशनमा रोक लगाउदै आएको छ । लघुवित्त वित्तीय संस्था र बाणिज्य बैंकहरुको चुक्ता पूँजी बढाउने विषयमा राष्ट्र बैंक कसिलो बनेको छ । गएको वर्ष एनआइस एशियाले पूँजीकोष पुर्याउन हकप्रद शेयर निष्काशनको भित्रि प्रस्ताव गर्दा राष्ट्र बैंकले सिधै अस्वीकृत गर्यो । यदि राष्ट्र बैंकले हकप्रद या पूँजी बढाउने कुनै पनि योजना सार्वजनिक गर्ने हो भने बाणिज्य बैंकको शेयरले पनि उचाइ लिने थियो ।

तर राष्ट्र बैंकले यस विषयमा मान्न सक्ने देखिदैन । यसले गर्दा पनि लगानीकर्ताहरु होटल, बीमा कम्पनी, विकास बैंक, फाइनान्समा सक्रिय छन् । विगत दुई वर्ष भन्दा लामो समयदेखि शेयर बजार घटिरहेको छ । सामान्यतया शेयर बजारमा ४/४ वर्षको साइकल हुने गरेको छ । दुई वर्ष लगातार तल झर्ने र दुई वर्ष विस्तारै माथि उक्लने ट्रेण्ड रहेको छ ।

यसले गर्दा बुलिस ट्रेण्डको सुरुवाति अवस्थामा कमजोर र सजिलै चलाउन सकिने समुहलाई माथि उकाल्ने र मास सेन्टिमेन्ट क्यास गर्ने गरिन्छ । यसमा सबैभन्दा पहिलो भुमिका ब्रोकरहरुको रहेको हुन्छ । ब्रोकरले आफु सँगै आफ्नो सल्लाहमा नियमित रुपमा शेयर खरिद बिक्री गर्नेहरुलाई खरिद बिक्रीका लागि सुझाउछन् । जसले बजारमा हल्ला फैलिन्छ । त्यस पछि सुरु हुन्छ ‘फलानो कम्पनी, फलानो समुह बढ्दै छ रे । यति रुपैयाँले बढाउने रे’ भन्ने जस्ता हल्ला चलाइन्छ । यसले बजारलाई गतिशिल मात्रै बनाउदैन कारोबारमा पनि ह्वात्तै बृद्धि हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS