काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि ४६५ जना कर्मचारी माग गरेको छ । बैंकले तह ४ देखि तह ९ सम्मका लागि खुला प्रतिस्पर्धाबाट ४६५ कर्मचारी परिपुर्ति गर्न लागेको हो ।
बैंकले योग्य तथा इच्छुक आवेदकहरुलाई असार १० गतेदेखि असर ३० गतेसम्म आवेदन दिन आग्रह गरेको छ । साथै दोब्बर दस्तुर तिरेर साउन ६ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले तह ४ को सहायकको लागि दश जोड २२ को योग्यता तोकेकोले १२ पासले पनि आवेदन दिन सक्ने छन् । बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो ।