Connect IPS
IME Life

शेयर बजारमा तिव्र उतारचढाव, अन्तिम समयमा किन बढ्यो नेप्से सूचक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगातार ९ दिनसम्म सुधार भएको शेयर बजारबाट ठुला लगानीकर्ताले नाफा बुक गर्दा साना तथा अल्पकालिन लगानीकर्ता आत्तीएका छन् । जेठ २३ गतेदेखि शेयर बजार लगातार सुधार हुने क्रममा करिव १९२ अंकले बढ्यो । यहि सुधारको मौकामा ठुला लगानीकर्ताले नाफा बुक गरेका छन् । उनिहरुले नाफा बुक गर्ने वित्तीकै बजारमा सप्लाइ बढेको हो ।

यसले गर्दा पछिल्ला दिनमा बजारमा राम्रै करेक्सन देखिदै आएको छ । लगानीकर्ताले नाफा बुक गर्दा बजार घटे पनि अन्य कारण भने शेयर बजारका लागि सकारात्मक छन् । बैंकिङ प्रणालीमा तरलता अधिक हुँदा राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्नु परेको छ ।

Prabhu
Crest

कुनै समय सिडी रेसियो ९० प्रतिशत भन्दा माथि थियो । तर अहिले घटेर ८३.९३ मा रहेको छ । अन्तर बैंकिङ ब्याज दर ४.७२ रहेको छ । कर्जाको ब्याजदर लगातार घट्दो क्रममा छ । कर्जामा विस्तारै सहजता हुँदै गएको छ ।

बढदै गएको रेमिटान्स, डलर सञ्चिति र अर्थतन्त्रमा हुँदै गएको सुधारले लगानीकर्ताको मनोविज्ञान बढिरहेको छ । आउँदो मौद्रिक नीति मार्फत् गभर्नरले पूँजीबजारलाई लक्षित गर्दै लचिलो बन्ने संकेत देखाइसकेका छन् । नयाँ ब्रोकरको लाइसेन्स वितरणमा रोक लगाएको अर्थ समितिले पछाडी हट्दै प्रकृयाँ अगाडी बढाउन निर्देशन समेत दिइसकेको छ । यसले गर्दा पनि लगानीकर्ताको मनोबल उच्च हुँदै गइरहेको छ ।

साताको अन्तिम नेप्से सूचक ४.७५ अंकले सुधार भएको छ । कारोबारको अन्तिम समयसम्म बजार रातो थियो । तर अन्तिम २ मिनेटमा सुधार भएर बन्द भएको हो । नेप्से सूचक बढेर २०५५.५३ अंकमा रोकिदा तीन अर्ब ४४ करोडको खरिद बिक्री भएको छ ।

होटल, जीवन, निर्जीवन र अन्य सूचकमा सुधार हुँदा बजारमा पनि सामान्य सुधार देखिएको छ । अन्य सूचक तथा उपसूचक भने घटेका छन् । बाणिज्य बैंकको शेयर मूल्यमा पनि खासै ठुलो अन्तरले गिरावट देखिदैन । यसले गर्दा पनि अन्तिम समयमा बजार सुधार हुन टेवा पुग्यो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS