IME Life
Beema Board

आर्थिक वर्ष सकिएको एक वर्ष वित्न लाग्दा पनि १० जीवन बीमा कम्पनीले तयार पारेनन् लेखापरीक्षण प्रतिवेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष सकिएको एक वर्ष वित्नलाग्दा पनि १० जीवन बीमा कम्पनीहरुले लेखापरीक्षण प्रतिवेदन तयार पार्न सकेका छैनन् । नेपाल बीमा प्राधिकरणका अनुसार राष्ट्रिय बीमा संस्थाले २०७२ देखिकै लेखापरीक्षण सम्पन्न हुन बाँकी छ । यस बाहेक नेपाल लाइफ, एलआइसी नेपाल, साविक गुराँस लाइफ, साविक साविक यूनियन लाइफ, साविक प्राइम लाइफ, साविक रिलायन्स, साविक सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफले अझै पनि लेखापरीक्षण सम्पन्न गर्न सकेका छैनन् ।

लेखापरीक्षण हुन बाँकी साविक गुराँस, यूनियन र प्राइम मर्जर भएर हिमालयन लाइफ बनेको छ । मर्जर भए पनि लेखापरीक्षण भने गर्नु पर्छ । त्यस्तै साविक सानिमा र रिलायन्स मर्जर भएर सानिमा रिलायन्स बनेको छ । यहि असार २७ गते एकिकृत कारोबार शुभारम्भ गर्न थालेका महालक्ष्मी र प्रभुले पनि गत वर्षको लेखापरीक्षण सम्पन्न गर्न सकेका छैनन् ।

Prabhu
Crest

बीमा ऐनमा आर्थिक वर्ष सम्पन्न भएको ६ महिना भित्रमा लेखापरीक्षण सम्पन्न गरिसक्नु पर्छ भनिएको छ । तर आर्थिक वर्ष सकिन २५/२६ दिन बाँकी छ । यदि ऐन अनुसार कारबाही हुने हो भने बीमा कम्पनीहरुले करोडौ रुपैया हर्जना तिर्नु परिसक्थ्यो । तर प्राधिकरणले कार्तिक २२ गतेदेखि मात्रै नयाँ बीमा ऐन लागु भएको हुँदा यो व्यवस्था चालु आर्थिक वर्षको हकमा लागु नगर्ने योजना बनाएको थियो । तर आगामी साउनदेखि बीमा प्राधिकरणले चाहेर पनि कम्पनीहरुलाई यस्तो सुविधा दिन सक्दैन । अहिले नै लेखापरीक्षण तयार पार्न नसक्ने बीमा कम्पनीहरुले आगामी असार पछि एक वर्ष पुरानो आर्थिक वर्षको लेखापरीक्षण गर्ने कि वितेको आर्थिक वर्षको गर्ने ?

यदि अहिले नै पुराना वर्षको सम्पन्न गरेर बस्न सकेको भए पुस मसान्त भित्रमा लेखापरीक्षण सम्पन्न गरिसक्ने थियो । आगामी वर्षदेखि बीमा कम्पनीहरुले यहि कारणले लाखौ करोडौं रुपैयाँ हर्जना तिर्नु पर्नेछ ।

नेशनल लाइफ, मेट लाइफ, एशियन लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, सुर्यज्योति लाइफ, आइएमई लाइफले गत आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गरिसकेका छन् । मेट लाइफले लाभांश समेत पारित गरिसकेको छ । नेशनल लाइफले बोनस शेयर दिएर पूँजी जुटाउनुका साथै साधारणसभा समेत सम्पन्न गरिसकेको छ । आइपिओको चरणमा रहेका बीमा कम्पनीहरुले पनि यस पटक एक वर्ष भित्रै लेखापरीक्षण सम्पन्न गरिसकेका हुन् ।

नेपाली बीमा कम्पनीहरुले अझै पनि सहज रुपमा एक्चुरी पाउन सकेका छैनन् । विदेशी एक्चुरीको भर पर्नु पर्ने भएकाले समयमा काम सकिदैन । यदि बीमा कम्पनीहरुले एक जना पुर्णकालिन एक्चुरी नियुक्त गर्न सकेमा यो काम पनि छिटो हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS