Connect IPS
IME Life

प्रभु महालक्ष्मी लाइफको लोगो सार्वजनिक, मर्जर पछि ९० लाख कित्ता एफपिओ जारी गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर पछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लोगो सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणले जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरे सँगै कम्पनीले ब्राण्डिङका लागि नयाँ लोगो समेत सार्वजनिक गरेको हो ।

लोगोमा ब्राण्डिङ रङ प्रभु लाइफकै रातो रङ्गलाई प्रयोग गरिएको छ । प्रभुको लोगो भित्र महालक्ष्मीको लोगोलाई राखेर एक आपसमा अपनत्वको भावना दर्साइएको छ ।

Prabhu
Crest

कम्पनीले यहि असार २९ गते एकिकृत कारोबार गर्ने गरी दुबै कम्पनीको संयुक्त मर्जर समिति, संचालक समिति र व्यवस्थापन समूह तयारीमा लागि सकेका छन् ।

प्रभु लाइफ र महालक्ष्मी लाइफको देशै भरी १६७ शाखा उपशाखा सञ्चालनमा रहनेछन् भने ४४९ कर्मचारीको संख्या रहने कम्नपीले जनाएको छ । प्रभु लाइफको बोनस शेयर जारी पछि दुबै कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड पुग्नेछ । बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पूँजी जुटाउनका लागि एकिकृत कारोबार पछि ९० लाख कित्ता एफपिओ जारी गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

10%

दु :खी

20%

अचम्मित

10%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS