Connect IPS
IME Life

आधार व्याजदर सँगै कर्जाको व्याजदर पनि घट्यो, कुन बैंकको वेस रेट कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकहरुले असार महिनाका लागि आधार व्याजदर र कर्जाको व्याजदर दुबै घटाएका छन् । बैंकहरुले असार महिनाका लागि सार्वजनिक गरेको व्याजदर अनुसार ०.०२ प्रतिशत विन्दुदेखि ०.२४ प्रतिशतले घटाएका छन् ।

बाणिज्य बैंकहरु मध्ये सर्वाधिक कम आधार व्याजदर राष्ट्रिय बाणिज्य बैंकको रहेको छ । राष्ट्रिय बाणिज्य बैंकको आधार व्याजदर ८.४४ प्रतिशत छ । सर्वाधिक धेरै माछापुच्छ्रे बैंकको ११.१३ प्रतिशत रहेको छ । बैंकहरुको आधार व्याजदर गएका महिनाको भन्दा घटिरहेको छ ।

Prabhu
Crest

बैंकहरुले गएको फागुन चैत महिनादेखि नै निक्षेपको व्याजदर घटाउन सुरु गरेका थिए । गत चैतमा घटाएको व्याजदरको प्रभाव बल्ल बैंकिङ प्रणालीमा देखा पर्दैछ । नयाँ कर्जा प्रवाह नहुँदा बैंकहरुमा तरलता थुप्रिदै जान थालेको छ । कहिले कर्जा अधिक प्रवाह हुने कहिले ठप्प हुने श्रृङ्खलाले पनि ऋणीहरु समस्यामा पर्दै आइरहेका छन् ।

नेपाल राष्ट्र तथा सरकारले व्याजदरमा स्थिरता ल्याउने गरी कुनै पनि नीतिगत व्यवस्था गर्न सकेको छैन । खुला अर्थतन्त्रको बहानामा बैंक वित्तीय संस्थाको व्याजदर एकै वर्षमा ठुलो उचारचढाव देखिने गरेको छ । कर्जा प्रवाह नहुँदा जस्ता सुकै क्षेत्रमा कर्जा दिने अनि अलिकति टाइट हुँदै जान थाले पछि दर बढाउने बजारको प्रवृत्तीले पनि आम लगानीकर्ताहरु समस्यामा छन् ।

आर्थिक विकासका लागि बैंक व्याजदर सबैभन्दा प्रमुख तत्व हो । व्याजदर घट्ने वित्तीकै आर्थिक गतिविधि बढ्छ । र आर्थिक बृद्धिदरमा टेवा पुग्दछ । तर नेपालमा कर्जा माग नहुँदा निक्षेपको व्याजदर घटाउन ज्यान दिएर लाग्ने अनि तरलता नहुँदा निक्षेपको व्याजदर बढाएर निक्षेप खोसा खोस गर्ने अस्वस्थ प्रतिस्पर्धा पनि सर्वाधिक घाटत कारण हो ।

कुन बैंकको आधार व्याजदर कति ?   

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS