काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा असार २२ गते गर्ने भएको छ । सभा धुलिखेल लज रिसोर्ट धुलिखेल ३ नयाँगाउँमार्ग काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन् । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सोही सभाले बोनस शेयर वितरणपछि कम्पनीको जारी र चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै बिपिडब्लु लघुवित्तसँगको मर्जर कार्यको प्रक्रिया अगाडि बढाउने सञ्चालक समितिको निर्णय सभाले पारित गर्नेछ । सोही सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १४ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा असार १३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।