Connect IPS
IME Life

लुम्बिनी विकास बैंकको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि २५ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा जेठ ३२ गते ऋणपत्र बाँडफाँड गरिएको हो ।

बैंकले १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्रमध्ये ६० प्रतिशत दरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा विक्री गरेको थियो । त्यस्तै ४० प्रतिशत दरको ४ लाख कित्ता ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानीकोषका लागि र बाँकी३ लाख ८० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड गरेको छ ।

Prabhu
Crest

बैंकले ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत एलबिबिएल डिबेञ्चर २०८९’ नामको ऋणपत्र निष्काशन गरेको हो । नेपाल धितोपत्र बोर्डले बैंकलाई उक्त ऋणपत्र निष्काशनका लागि बैशाख १० गते अनुमति दिएको थियो । बैंकले ऋणपत्रबाट आर्जिन ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS