IME Life
Beema Board

ब्रोकर लाइसेन्स रोक्ने गैरकानुनी कदमबाट अर्थसमिति पछाडी फर्किदै, ‘हामी दवावमा पर्यौ’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ब्रोकर लाइसेन्स तथा नयाँ स्टक एक्सचेन्जको प्रकृयाँ अगाडी नबढाउन गैरकानुनी निर्देशन दिएको अर्थसमिति चौतर्फी दवाव पछि आफ्नै निर्देशनबाट पछाडी फर्किने भएको छ । अर्थसमितिका सदश्यहरु पुराना ब्रोकरबाट प्रभावित हुँदा यस्तो दुर्घटना हुन पुगेको एक सदश्यले इन्स्योरेन्स खवरलाई जानकारी दिए ।

उनले भने ‘माननिय पदम गिरीले बारम्बार अर्थसमितिका साथिहरुलाई नयाँ ब्रोकर लाइसेन्सका विषयमा गलत काम भइरहेको हुँदा तत्काल बन्द गर्न दवाव दिनु भयो । अहिले आएर थाहा भयो उहाँ पुराना ब्रोकरबाटै परिचालित हुनुहुदोरहेछ ।’

Prabhu
Crest

एमालेका सांसद पदम गिरीले अर्थसमितिमा धितोपत्र बोर्डले जथाभावी ब्रोकर लाइसेन्स वितरण भएको भन्दै चर्को विरोध गरेका थिए । उनले सांसदहरुलाई यतिसम्म आस्वस्थ पारे कि नयाँ ब्रोकर लाइसेन्सका विषयमा धेरै नै चलखेल भयो र यसले शेयर बजारलाई ठुलो असर पार्ने भन्न समेत भ्याए । उनकै कुरा सुनेर कोरम नै नपुर्याई निर्णय गर्ने अर्थसमितिका पदाधिकारीहरु अहिले आएर पछुताएका छन् ।

अर्थसमितिले ब्रोकर लाइसेन्स रोक्ने विषयमा गरेको निर्णयलाई तत्काल फिर्ता लिने सांसद सन्तोष चालिसेले जानकारी दिए । उनले भने ‘अर्थसमितिको निर्णय गलत भएको महशुस भएको छ । हामीले छिट्टै फिर्ता लिन्छौ ।’ अर्थसमितिको अर्को बैठकले यस विषयमा निर्णय गर्ने उनले जानकारी दिए । उनले थपे ‘अर्थसमितिले सर्वोच्च अदालतको आदेशलाई अटेर गर्न मिल्दैन । हामी अदालतलाई सम्मान गर्छौ । त्यसैले यस विषयमा हाम्रो कुनै आपत्ती छैन । हामी तुरुन्तै बाटो खोलिदिन्छौ ।’

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका विषयमा पुराना ब्रोकरहरुले सांसदहरुलाई प्रभावमा पारेर संसदमै बिरोध गर्न लगाएका थिए । पछिल्लो समय एमाले सांसदहरुको विरोध गर्ने यो बलियो हतियार बनेको छ । जवकी नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स स्थापनाका लागि सर्वोच्च अदालतले नै बाटो खुला गर्दिसकेको छ । सर्वोच्च अदालतमा धितोपत्र बोर्डको प्रकृयाँ नै गतल भएको भन्दै रिट निवेदन परेको थियो । सुनुवाई र बहस पछि अन्त रिट नै खारेज भयो ।

यसरी अदालतले समेत सफाइ दिएर प्रकृयाँ अगाडी बढेको विषयलाई अर्थसमितिले रोक्नु आफैमा गलत कदम थियो । त्यसमा पनि धितोपत्र बोर्डले १८ वटा भन्दा धेरै ब्रोकरलाई व्यवसाय शुभारम्भ गर्ने अनुमति समेत दिइसकेको छ । यसरी कानुन बमोजिम संस्था जन्माएर अगाडी बढ्न नदिने कदम कदापी प्राकृतिक न्यायको सिद्धान्त अनुरुप हुन सक्दैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

65%

खुसी

0%

दु :खी

13%

अचम्मित

13%

उत्साहित

9%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS