काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ५ अंकले बढ्दा २०४२ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिटि होटल लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ९.९७ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य १७८ रुपैयाँ कायम भएको हो ।
आज सर्वाधिक कमाउने लगानीकर्तामा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता पनि रहेका छन् । आज कम्पनीको शेयर ९.२० प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ७६० रुपैयाँ कायम भएको छ । साथै आज बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ८.२० प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ६०९ रुपैयाँ कायम भएको छ ।