Connect IPS
IME Life

मर्जरका लागि राष्ट्र बैंकबाट दुई लघुवित्तले पाए अन्तिम स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकलले अन्तिम स्वीकृति प्रदान गरेको छ । दुबै कम्पनीले मर्जर सम्बन्धी प्रस्ताव वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरिसकेका छन् ।

यी दुई कम्पनीबीच गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो । राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिई कम्पनीहरूले एकिकृत कारोबारको मिति तय गर्नेछन् ।

Prabhu
Crest

धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाटै एकिकृत कारोबार गर्ने सहमति कम्पनीहरूबीच भएको छ । यी दुवै कम्पनीले हालै मात्र सर्वसाधारणमा आईपीओ निष्काशन गरेका हुन् । धौलागिरी लघुवित्तले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बागलुङ नगरपालिका–२ श्रीनगर टोल, बागलुङस्थित रजिष्टर्ड कार्यालयबाट आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्सकासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

1686801503696 (1)

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS