काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ४२ अंकले बढेर २,०३७ दशमलव ०२ को विन्दुमा कायम भएको छ । आज १२६ कम्पनीको शेयर मुल्य बढेको छ भने ९१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै खप्तड लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सिटी होटलका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । भुगोल इनर्जी कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ६२ प्रतिशतका दरले गुमाएका छन् । मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ४ प्रतिशतका दरले गुमाएका छन् । शुभव पावर कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।