IME Life
Beema Board

नेपाल लाइफका अभिकर्ता बीमितको पैसा लिएर फरार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताले बीमित सँग प्रिमियम संकलन गरी बीमा कम्पनीमा नबुझाएको पाइएको छ । नेपाल लाइफका अभिकर्ता तथा एजेन्सी म्यानेजर सन्जिव  कुमार खत्रीले बीमित बाबुराम बुढाथोकीले दिएको बीमा शुल्क कम्पनीमा दाखिला नगरी फरार भएका छन् ।

बीमित बुढाथोकीले कम्पनीमा पोलिसीबारे बुझ्दा बीमा शुल्क नै नबुझाएको पाइए पछि उनले अभिकर्ता खत्री सँग पैसा मागेका थिए । उनले बुढाथोकीलाई ब्याङ्क चेक थमाएर आफु भने फरार भएका छन् । यसरी अभिकर्ताले आफ्नो पैसा ठगेको भन्दै उनले नेपाल लाइफमा उजुरी दिएका छन् ।

Prabhu
Crest

बुढाथोकीले एजेन्सी म्यानेजर खत्री मार्फत नयाँ बानेश्वर शाखाबाट २०२१ मे १० मा १२१००५१९३ नम्बरको बीमा पोलिसी खरिद गरेका थिए । उनले बाँकी वर्षको बीमा शुल्क पनि बुढाथोकीलाई नै बुझाए । यसरी बाँकी वर्षको बीमा शुल्कको विषयमा बुझ्न जादा उनले अपचलन गरेको पाइएको भन्दै उनले कम्पनीमा उजुरी दर्ता गराएका छन् । उनले आफ्नो बीमा शुल्क ठगी गर्नेलाई बीमा ऐन तथा प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाहीको माग गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

19%

दु :खी

19%

अचम्मित

4%

उत्साहित

44%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS