चरिकोट । पछिल्लो समय जन्म दिन लगायतका विशेष चार्डपर्वहरुमा बमिा पोलिसी उपहार दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । अहिले मानिसहरुले जिन्सी सामान, गहना, सुन चाँदीको सट्टा बीमा पोलिसी दिने गरेका छन् । यसैबीच भिमेश्वर नगरपालिका ६ बस्ने ललिता कार्कीले आफ्नो श्रीमानको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छिन् ।
ललिताले श्रीमानको जन्मदिनमा थप उज्वल भविष्यको कामना गर्दै रिलायबल लाइफ इन्स्योरेन्सबाट ८५ लाख रुपैयाँ बीमाङकको जीवन बीमा योजनाको पोलिसी उपहार दिएकी हुन् । ललिताको श्रीमान प्रकाश बहादुर कार्की चरिकोटका पुस्तक व्यावसायी, समाज सेवी साथै रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड चरिकोट शाखाका प्रथम एमटिआरटी पनि हुन् ।