काठमाडौं । आज शेयर बजार ७ दशमलव ७९ प्रतिशतले बृद्धि हुँदा १९८७ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज कुल २ अर्ब ८८ करोड ६५ लाख ९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकार्ताले कमाएका छन् आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
यसैगरी, आज कालिञ्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ८५१ रुपैयाँ कायम भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य भने २६९ रुपैयाँ कायम भएको छ ।