काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रयोजनका लागि शेयर कारोबार रोक्का हुने भएको छ । असार १ गतेदेखि १५ कार्यदिनसम्म शेयर कारोबार रोक्का हुने नेप्सेले जनाएको छ । मर्जरसम्बन्धी निर्देशिकाबमोजिम मर्जरमा गएका कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ दिनसम्मका लागि शेयर कारोबार रोक्का राख्न पाइने व्यवस्था छ ।
डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गरी आउँदो असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ । डिप्रोक्सले आदर्शलाई १ः१ शेयर स्वाप रेसियोमा गाभ्न लागेको हो । आदर्श लघुवित्तलाई गाभेपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ ।