IME Life
Beema Board

मर्जर पछि बीमा कम्पनीमा काम गर्ने ५८९ जना कर्मचारीको जागिर गुम्यो, ४३३ वटा शाखा घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जर पछि बीमा कम्पनीहरुका ५८९ जना कर्मचारीले जागिर गुमाउनु परेको छ । हालसम्म ९ वटा मर्जर सफल भइसकेका छन् । प्रभु र महालक्ष्मीको मर्जर टुङ्गिए सँगै चालु आर्थिक वर्षमा १० वटा मर्जरको इतिहास बन्नेछ । मर्जरका क्रममा ४३३ वटा शाखा कार्यालय घटेका छन् ।

एक वर्षको अवधिमा जीवन तर्फ तीन वटा मर्जर सफल भएका छन् । हालसम्म सूर्य ज्योति मर्जर भएर सूर्यज्योति, सानिमा र रिलायन्स मर्जर भएर सानिमा रिलायन्सस, गुराँस प्राइम र युनियन मर्जर भएर हिमालयन लाइफ बनेको छ । निर्जीवन तर्फ ६ वटा मर्जर सफल भइसकेका छन् । हिमालयन र एभरेष्ट मिलेर हिमालयन एभरेष्ट, सानिमा र जिआइसी मिलेर सानिमा जिआइसी, सगरमाथा र लुम्बिनी मिलेर सगरमाथा लुम्बिनी, सिद्धार्थ र प्रिमियर मिलेर सिद्धार्थ प्रिमियर, आइएमई जनरल र प्रुडेन्सियल मिलेर आइजिआइ प्रुडेन्सियल, युनाइटेड र अजोड मिलेर युनाइटेड अजोड बनेको । प्रभु र महालक्ष्मी लाइफले असार अन्तिम सातामा एकिकृत कारोबार शुभारम्भ गर्दै छन् ।

Prabhu
Crest

गत आर्थिक वर्षको बैशाख महिनामा बीमा कम्पनीहरुको कार्यालय संख्या ३३४८ वटा थिए । चालु आर्थिक वर्षको बैशाख सम्ममा शाखा कार्यालयको संख्या १२.९३ प्रतिशतले घटेर २९१५ वटामा झरेका छन् । त्यस्तै बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीको संख्या गत वर्षको बैशाख महिनामा ११ हजार ८७५ जना थिए । यस वर्षको बैशाख महिनामा ४.९६ प्रतिशतले घटेर ११ हजार २८६ जनामा झरेका छन् ।

मर्जर सँगै बीमा क्षेत्रमा छाएको मन्दीले बीमा कम्पनीको शाखा कार्यालय र कर्मचारीको संख्यामा भारि गिरावट आएको छ । बीमा प्राधिकरणले मर्जरका क्रममा कर्मचारीहरु हटाउन नपाउने नीति लिए पनि केहिले भिआरएस मार्फत कर्मचारी कटौती गरेका छन् । कतिपयले अनावश्य दवाव दिनुका साथै टाढा टाढाका शाखा कार्यालयमा सरुवा गरिदिएर छाड्न बाध्य बनाएका छन् ।

सूर्यज्योति लाइफले आह्वान गरेको भिआरएस योजना पछि १०० जना भन्दा धेरै कर्मचारीले स्वेच्छिक अवकासको सुविधा उपभोग गरेका छन् । त्यस्तै नेपाल लाइफले पनि कर्मचारी घटान आह्वान गरेको भिआरएस योजना पछि ३९ जना कर्मचारीलाई हटाएको छ । साविक सूर्या लाइफ, ज्योति लाइफ र प्राइम लाइफले आह्वान गरेको भिआरएस योजना पछि १३० जना भन्दा धेरैले अवकास योजना रोजेका छन् । मर्जर पछि हिमालयन एभरेष्टका धेरै कर्मचारीले असन्तुष्टी व्यक्त गर्दै जागिर छाडेका थिए ।

नेपाल बीमा प्राधिकरणले मर्जरको नीति ल्याउने क्रममा मर्जरका क्रममा कुनै पनि कम्पनीले कर्मचारी हटाउन नपाउने व्यवस्था गरेको थियो । साथै मर्जरका क्रममा कुनै पनि कर्मचारीको पद घटाउन नपाउने र खाइपाइआएको तलब सुविधा पनि कटौती गर्न पाउने व्यवस्था गरिएको थियो ।

आर्थिक मन्दी पछि बीमा कम्पनीहरुको व्यवसायिक बृद्धिदर एकदमै न्युन छ । जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जनमा २७/२८ प्रतिशतले गिरावट देखिन्छ । नविकरण बीमा शुल्कका कारण कुल बीमा शुल्क आर्जन ३.३६ प्रतिशतले बृद्धि देखिन्छ । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन पनि ४.७८ प्रतिशतले मात्रै बृद्धि भएको छ । सूचना तथा प्रविधिका कारण पछिल्लो समय कर्मचारीको आवस्यकता पनि कम हुँदै गइरहेको छ । व्यवसायमा मन्दी सँगै कर्मचारीको संख्या कटौती गरेर व्यवस्थापन खर्च कटौती गर्ने रणनीनिमा कम्पनीहरु छन् ।

मर्जरका क्रममा ४३३ वटा शाखा कार्यालय मर्ज भएका छन् । उक्त ४३३ वटा शाखा कार्यालय मर्ज हुँदा सम्बन्धित शाखा कार्यालयमा कर्मचारीको संख्या धेरै हुन पुगेको छ । नेपाल बीमा प्राधिकरणले पछिल्लो समय जारी गरेको शाखा कार्यालय सम्बन्धी मार्गदर्शन अनुसार ९० प्रतिशत भन्दा धेरै शाखा कार्यालयको मापदण्ड पुग्दैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

92%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS