IME Life
Beema Board

आइएमई लाइफको आइपिओ निष्काशन पछि २५ प्रतिशत बोनस शेयर पक्का, प्रिमियममा खरिद गर्दा नाफा कि घाटा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई लाइफले प्रिमियममा आइपिओ निष्काशन गरे पछि न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन सजिलै २५ प्रतिशत बोनस शेयर दिन सक्ने देखिएको छ । कम्पनीले आगामी असार एक गतेदेखि वैदेशिक रोजगारमा गएका नेपाली र असार २० गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपिओ निष्काशन गर्दैछ ।

सर्वसाधारण समुहको एक करोड २० लाख कित्ता मध्ये ६ लाख कित्ता कर्मचारीहरुलाई आधार मूल्यमै बिक्री गर्नेछ । बाँकी एक करोड १४ लाख कित्ता शेयर प्रति कित्ता २३६.९१ रुपैयाँको दरमा निष्काशन गर्नेछ । प्रिमियम मूल्य १३६.९१ रुपैयाँको दरले एक करोड १४ लाख कित्ता शेयर बिक्री गर्दा एक अर्ब ५६ करोड रुपैयाँ प्रिमियम आर्जन गर्नेछ । तर आयकर ऐनले विगतमा प्रिमियममा शेयर निष्काशन गरेका बीमा कम्पनीहरुलाई समेत अहिले आएर कर भुक्तानी गर्न निर्देशन दिइरहेको सन्दर्भमा आइएमई लाइफले पनि उक्त प्रिमियम रकमबाट २५ प्रतिशत कर तिर्नु पर्नेछ ।

Prabhu
Crest

यदि कर भुक्तानी गर्नु परेका खण्डमा कम्पनीले राज्यलाई प्रिमियमबाट आर्जित रकमबाट झण्ड ३९ करोड रुपैया तिर्नु पर्छ । यसो हुने वित्तीकै कम्पनी सँग लाभांश वितरण योग्य प्रिमियम रकम एक अर्ब १७ करोड हुनेछ ।

आइपिओ निष्काशन पछि चुक्ता पूँजी ४ अर्ब कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउन एक अर्ब आवश्यक पर्नेछ । यसका लागि कम्पनीले कम्तिमा पनि २५ प्रतिशत बोनस शेयर वितरण गर्नै पर्नेछ । अपरिष्कृत वित्तीय विवरण अनुसार जगेडा कोषमा थप एक अर्ब भन्दा माथि रकम रहेको छ ।

प्रिमियम र जगेडा कोषमा रहेको रकम एक अर्ब नाघ्ने भएकाले यस वर्ष २५ प्रतिशत बोनस शेयर र आगामी वर्षमा लगानीकर्ताहरुलाई निश्चित प्रतिशत बोनस शेयर नियमित रुपमा वितरण गर्न सक्ने क्षमता बनाउनेछ ।

प्राथमिक बजारबाट २३६.९१ रुपैयाँको दरमा शेयर खरिद गर्नेले पहिलो वर्षमै २५ प्रतिशत प्रतिफल पाउन सक्ने छन् । प्राथमिक बजारबाट शेयर खरिद गर्नेहरुले समेत प्राप्त बोनस शेयर दोस्रो बजारमा बिक्री गरेर आफ्नो लगानीलाई सजिलै उठाउने छन् । मानौ कुनै शेयरधनीले प्राथमिक बजारबाट १०० कित्ता शेयर खरिद गर्यो । उसको प्राथमिक लगानी २३ हजार ६११ रुपैयाँ पर्न जान्छ । उसले पहिलो वर्ष २५ प्रतिशतका दरले २५ कित्ता बोनस शेयर प्राप्त गर्यो ।

अहिलेको अवस्थामा पनि दोस्रो बजारमा जीवन बीमा कम्पनीको शेयर मूल्य कम्तिमा पनि ४७४ रुपैयाँ रहेको छ । मानौ प्राथमिक शेयरधनीले कम्तिमा पनि प्रतिकित्ता ४५० रुपैयाँको दरले प्राप्त भएको २५ कित्ता बोनस शेयर बिक्री गर्यो । यसबाट उसले ११ हजार २५० रुपैयाँ प्राप्त गर्छ । बोनस शेयर बिक्री भए पछि प्राथमिक शेयरधनीको लागत १२ हजार ३६१ रुपैयाँमा झर्छ । यदि भोलिका दिनमा बढ्दो बजारमा शेयर बिक्री गर्न सकियो भने लगानीकर्ताले प्राथमिक बजारमा गरेको लगानीलाई सजिलै उठाउन सक्नेदेखिन्छ । त्यसमा पनि २५ प्रतिशत बोनस शेयर दिने भए पछि कम्पनीको शेयर मूल्य दोस्रो बजारमा राम्रै अवस्थामा रहनेछ । विगत ५/६ वर्षदेखिको मुनाफा जगेडा कोषमा सञ्चित हुँदै आएको हुँदा आगामी वर्षमा शेयरधनीहरुले राम्रै लाभांश पाउने सम्भावना उत्तीकै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

58%

खुसी

6%

दु :खी

6%

अचम्मित

3%

उत्साहित

26%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS