IME Life
Beema Board

नेपाल लाइफका स्मृतिराज कडेलले दिएको राजिनामा स्वीकृत, नेशनल लाइफको डिसिइओमा जांदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायव महाप्रवन्धक स्मृतिराज कडेलले  दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीले जिम्मेवारी घटाइदिए पछि कडेलले पदबाट राजिनामा दिएका हुन् । राजिनामा दिएर उनि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा जादै छन् ।

चारवटा प्रदेशको जिम्मेवारी सम्हाल्दै आएका कडेललाई लुम्बिनी प्रदेश प्रमुखको मात्रै जिम्मेवारी दिएको थियो । जिम्मेवारी घटुवा गरे सँगै उनि असन्तुष्ट थिए । कडेल भन्दा जुनियरलाई बागमती प्रदेशको जिम्मेवारी दिएर उनलाई भने लुम्बिनी प्रदेशको मात्रै जिम्मेवारी दिइएको थियो ।

Prabhu
Crest

बजारमा स्थापित र ब्राण बनाएका कर्मचारीलाई टिकाउन नसकेका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीलाई अर्को धक्का पुगेको छ । उनले आफ्नै टिम बनाएर काम गर्न खोजिरहेका थिए । तर उनले आफ्नो टिम बनाएर काम गर्न नसक्दा अर्को धक्का पुगेको छ ।

एलआइसी नेपालको वागमती प्रदेशको रुपमा कार्यभार सम्हाल्दै गर्दा उनि २०७८ सालमा गुराँस लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा भित्रिएका थिए । गुराँस लाइफको नायव प्रमुख कार्यकारी अधिकृत सम्हाल्दै आएका कडेल नेपाल लाइफ भित्रिएका थिए । यसरी दुई वर्षको दौरानमा तीन वटा कम्पनीमा काम गरेर चौथो कम्पनीमा प्रवेश गर्दै छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

14%

दु :खी

46%

अचम्मित

4%

उत्साहित

7%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS