काठमाडौं । आज नेप्से परिसूचक ४० दशमलव ४८ प्रतिशतले बृद्धि हुँदा १९८० दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य २४५ रुपैयाँ कायम भएको छ ।
यसैगरी सिटि होटलको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य १२२ रुपैयाँ कायम भएको छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर भने ८.७० प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३२५ रुपैयाँ कायम भएको छ ।