काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ३८ हजार ९९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले उक्त शेयर आजजेठ २८ गतेदेखि विक्रीमा ल्याएको हो । उक्त शेयरमा असार ३ गतेसम्म आवेदन दिन सकिने छ ।
शेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । उल्लेखित शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले कम्पनीको शेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्न सकिनेछ ।