काठमाडौं । रिलायन्स फाइनान्सले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ३४ प्रतिशत नगद लाभांश गरि कुल ६ दशमलव ८४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
1686296318881