काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको उप प्रादेशिक कार्यालय डडेलधुराले पाहाडका ६ वटा जिल्लामा रहेको शाखा तथा उप शाखा कार्यालय मार्फत अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीको सुदुरश्चिम उप प्रदेश प्रमुख टेक राज आचार्यको उपस्थितमा जिवन बीमा सम्बन्धि बिक्री कला , बीमाको महत्व,आवश्यक्ता र कम्पनीको नयाँ बीमा योजना सम्बन्धि प्रस्तुतिकरण राखेका थिए ।
गत जेष्ठ २० गते डोटि जिल्लाको दिपायल बाट सुरु भएको अभिकर्ता अन्तरक्रिया कार्यक्रम ,क्रमस साफेबगर,मङलसेन,बाजुरा ,बैतडी र दार्चुलागरि आज २७ गते सम्पन्न भएको छ ।
उक्त अभिकर्ता अन्तरक्रिया कार्यक्रममा करिब २०० जना अभिकर्ताको उपस्तिथि रहेको थियो। प्राइम,युनियन र गुराँस लाइफ मर्ज भई गत बैशाख २६ गते बाट एकीकृत कारोबार सुरु गरेको हिमालय लाइफले सुरुवाती दिन बाट आक्रमक हिसाबले बजारमा आफ्नो उपस्थिति बनाएको छ ।
यो कार्यक्रमले गाउँ बस्तीमा बीमाको महत्त्व र आवश्यक्ताको बारेमा अभिकर्ता मार्फत आम नागरिक लाई बुझाउन र हिमालय लाइफलाई गाउँ गाउँ सम्म चिनाउन र कम्पनीको ब्यवसाय बढाउन समेत मद्दत गर्ने बिश्वास प्रशिक्षक तथा कम्पनीका सुदुरपचिम उप प्रमुख टेक राज आचार्यले बताए ।