काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रदै आएको छ । यसैबीच भेटेरिनरी अस्पताल दमौलीका रुद्र सिंह ठकुरीले आफ्नो छोराको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका हुन् । उनले भविष्यमा चाहिने पढाइ खर्चको बियवस्थापनको लागी ५ लाखको जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।
हरेक आमा वुवाको सपना छोरा छोरीको उज्जवल भविष्य निर्माण गर्नु हो र त्यो निर्माण गर्ने क्रममा आर्थिक असहजता खेप्नु नपरोस भन्ने मुल्याङकन गरि पनि बच्चाहरुको बीमा बेलैमा गर्दा राम्रो हुने रुद्र सिंह ठकुरीले बताए ।
उनले आफ्नो छोरा रोनिस सिंह ठकुरीलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी शाखा कार्यालय दमौलीका शाखा प्रमुख जगदिश काफ्लेले घरमा गइ बीमा पोलिसी हस्तन्तरण गरेका थिए ।
कम्पनीले सुबिधा सम्पन्न बीमा योजना रिलायबल सुलभ बाल जीवन बीमा प्लसमा बच्चाको बीमा गर्दा आमा अथवा बावुको लागी पनि अतिरिक्त लिन मिल्ने सुबिधाहरु रहेका छन् । जसमा घातक रोग सुबिधा , अशक्त अपागं भत्ता सुबिधा , साथै दुर्घटना मृत्युमा एकमुष्ठ इच्छ्याएको ब्यक्तिले पाउने सुबिधा छन् ।