IME Life
Beema Board

दराजका बिक्रेताले एनएमबि बैंकबाट बिना धितो कर्जा लिन सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि बैंक र दराज नेपालबिच दराज नेपालका बिक्रिेताहरुलाई बिना धितो बिद्युतिय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । विशेषगरी बैंकिङ्ग पहुंच कम भएका, उत्पादनशिल उद्यमसंग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसंगको कारोवारको आधारमा ५ लाख सम्मको चालु पुंजी कर्जा प्रदान गर्ने उदेश्य अनुसार गरिएको सम्झौतापत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरे र दराजको तर्फबाट प्रबन्ध निर्देशक आंचल कुंवरले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौताको बारेमा बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले अर्थतन्त्रको बास्तविक क्षेत्र तथा डिजिटलाईजेशनलाई प्राथमिकता दिईरहेका र यस कर्जा मार्फत ग्राहकहरुले अनलाईन मार्फत आवेदन दिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकास गरेको र यस कर्जा मार्फत धेरै भन्दा धेरै एमएसएमई कर्जाका ग्राहकहरुको आवश्यक चालुपुंजी पूर्ति गर्ने उनले बताए । यस कर्जा कागजरहित, झंझटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैैंकले लिएको यो प्रयास कोशेढुङ्ग सावित हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

एनएमबि बैंक विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ूद ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS