IME Life
Beema Board

शिखर इन्स्योरेन्सको सहकार्यमा इसेवा र युएसएआइडीले ल्याए घर बीमा योजना

SPIL
NIC ASIA
Sanima Reliance

 

काठमाडौं । इसेवा र युएसएआइडीले शिखर इन्स्योरेन्सको सहकार्यमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ । हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागु हुनेछ । साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सकिने छ ।

Prabhu
Crest

यस योजनामा इसेवाको मोबाईल एप भित्र रहको इन्स्योरेन्स शिर्षकमा सूचीबद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ । बीमा नीति अनुसार एक करोड सम्मको बीमा हुने यस योजनामा वार्षिक ५ सयदेखि ४५ सय रूपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ ।

बीमा मूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय हुनेछ । यस योजनामा सहभागि हुन घर धनीले घरको तस्विर, अपेक्षित मूल्य र त्यसको सम्पती विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ । इसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाईमा लागु हुनेगरि इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ५० हजार ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्स्योरेन्स प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सुविधाको भुक्तानी गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS