काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशमलव २७ अंकले बढेर १,९३९ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मुल्य बढेको छ भने १२३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २७३ कम्पनीको ५८ लाख ९६ हजार ४८९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनकिो कारोबार भएको छ । आज कम्पनीको १० करोड २६ लाख रुपैयााको शेयर कारोबार भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयााको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।