काठमाडौं । सिटी होटलको आइपिओ दोस्रो बजारमा सूचिकृत भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्जमा कुल एक करोड ६७ लाख ४० हजार कित्ता शेयर सूचिकृत गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणका लागि निष्काशन गरि बाँडफाँट गरेको र संस्थापक शेयरधनीहरुहरुको शेयर नेप्सेमा सूचीकृत गरेको छ ।
नेप्सेमा सूचिकृत भए सँगै पहिलो कारोबारका लागि न्युनतम ८७.८३ रुपैयाँदेखि अधिकतम २६३.४९ रुपैयाँको ओपनिङ रेञ्ज तोकिएको छ । आइतबार प्रिओपनिङ सेसनमै पहिलो कारोबार म्याचिङ हुनु पर्नेछ । यदि म्याचिङ भएन भने अर्को दिनका लागि सर्नेछ । लगानीकर्ताहरुले पहिलो कारोबार अधिकतम २६३.४९ रुपैयाँबाट सुरु गर्न सक्ने छन् ।