काठमाडौं । ग्लोबलब बैंक लिमिटेडले विदेशबाट पैसा पठाउने आफ्नो ग्राहकहरुका लागि रेमिट्न्सबारे जानकारी लिन थप सजिलो बनाएको छ । रेमिट्यान्सबारे कुनै पनि जिज्ञासा बुझ्न बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
यो सेवा लिनका लागि ग्राहकले बैंकको फोन नम्बर, ह्वाट्सएप र इमेलको प्रयोग गर्न सकिन्छ । बैंकका अनुसार आइतबारदेखि विहिवार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म रेमिट्यान्सबारे जानकरी दिन सकिने छ । साथै शुक्रबार भने बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सेवा सुचारु रहने छ ।