काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले शेयर संरचना परिवर्तन गरेको छ । फाइनान्सले ४ लाख ६ हजार ८ सय कित्ता शेयर सर्वसाधारण शेयरमा परिणत गरेको हो ।
फाइनान्सले संस्थापक र सर्वसाधारण समुहको शेयर हिस्सालाई ५१ र ४९ प्रतिशतको अनुपातमा कायम गर्नका लागि उक्त संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गरेको हो ।