IME Life

तरलता बढ्ने क्रम रोकिएन, फेरी एकै दिन बढ्यो ३ अर्बले निक्षेप

SPIL
Sanima Reliance

काठमाडौं । तरलता निरन्तर वृद्धि हुँदै छ । जेठ २३ गते बैंकहरुमा ३ अर्बले निक्षेप बढेको छ । जेठ २२ गते ५५ खर्ब ३० अर्ब रहेको निक्षेप जेठ २३ गते ५५ खर्ब ३३ अर्ब पुगेको छ । जेठ २२ गते  पनि बैंकहरुमा एकै दिन ५ अर्बले निक्षेप वृद्धि भएको थियो । दुई दिनमा ८ अर्बले निक्षेप बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

कर्जाको माग कम हुँदा र आर्थिक क्रियाकलापमा केही सुस्तता आउँदा तरलता बढ्दो क्रममा छ । फलस्वरूप ब्याज दर निरन्तर घट्ने क्रममा रहेको छ । अन्तर बैंक ब्याज दर पनि ७ प्रतिशतभन्दा  तल आएको छ । जेठ २३ गते अन्तर बैंक ब्याज दर ६ दशमलव ६७ प्रतिशत छ ।

Crest
Meta Holidays

सिडी रेसियो पनि सहज हुँदै छ । सिडी रेसियो ८४ दशमलव ४६ प्रतिशत रहेको छ। यो प्रतिशतले कर्जा दिन राम्रै तरलता रहेको देखाउँछ । तर अहिले बैंकहरु पूँजीकोषका कारण कर्जा दिन केही दबाबमा रहेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

62%

खुसी

5%

दु :खी

29%

अचम्मित

5%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x