काठमाडौं। साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक सामान्य अंकले मात्र वृद्धि भएको छ । ईण्ट्राडेमा अलिक माथि नै गएको बजार बन्द हुँदा भने विक्री चाप देखिएको थियो । कारोबार रकम भने २ अर्ब माथि बस्न सफल भएको छ । आजको बजारमा ब्रोकर नम्बर ५८ सर्वाधिक कारोबार गर्नेमध्ये शिर्ष स्थानमा रहेको छ । ब्रोकर नम्बर ५८ बाट ४० करोड ५० लाखको कारोबार भएको छ । सो कारोबारमध्ये २१ करोड ७८ लाखको खरीद रहेको छ भने १८ करोड ७२ लाखको विक्री भएको छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ रहेको छ । ब्रोकर नम्बर ४५ बाट ३० करोड ६ लाखको कारोबार भएको छ । सो कारोबारमध्ये १५ करोड ५२ लाखको खरीद रहेको छ भने १४ करोड ५३ लाखको विक्री भएको छ ।
शिर्ष ५ ब्रोकरमध्ये :
विक्रीको तुलनामा खरीद धेरै गर्ने : ३
खरीदको तुलनामा विक्री धेरै गर्ने : २