काठमाडौं । आज नेप्शे परिसूचक २५ दशमलव ६६ प्रतिशतले बृद्धि भई १९२७ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज कुल २६९ कम्पनीको शेयर कारोबार हुँदाक १८५ कम्पनीको शेयर बढेको छ भने ३१ कम्पनीको शेयर घटेको छ । आज दिनभरमा कुल १ अर्ब ९८ करोड १ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज बजार बढ्दा सबैभन्दा धेरै न्यादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर ९.८५ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मुल्य भने ३०१ रुपैयाँ कायम भएको छ । साथै, आज सनाइज फोकष्ड इक्वीटि फन्ड ९.२४ प्रतिशतले बृद्धि हुँदा इकाइ धनीहरुले सर्वाधिक कमाएका छन् । सोल्टि होटलको शेयर भने ८.७ड प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ३४८ रुपैयाँ कायम भएको छ ।