काठमाडौं । हिजो आइतबार भारी अंकले बढेको शेयर आज दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव २८ अंकले घटेर १,९०० को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको शेयर मुल्य बढेको छ भने १८१ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७७ कम्पनीको ५५ लाख ६ हजार ७२३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइआइ प्रडेन्सियल इन्स्योरेन्सको ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिभर फल्स पावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ग्लोबल आइएमई ब्यालेन्स फण्डका इकाईधनीले ५ दशमलव ८८ प्रतिशतका दरले कमाएका हुन् । गोर्खाज फाइनान्सका लगानीकर्ताले ५ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् । बिपीडब्लु लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका इकाईधनीले ४ दशमलव ५० प्रतिशतका दरले गुमाएका हुन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ३४ प्रतिशतका दरले गुमाएका हुन् ।