Connect IPS
IME Life

सावधिक जीवन बीमालेखमा सर्वाधिक आकर्षण,कुन प्रदेशबाट कति गरे जीवन बीमा व्यवसाय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैशाख महिनासम्ममा जीवन बीमा कम्पनीहरुले विभिन्न बीमालेखहरु विक्री गरी १ खर्ब १४ अर्र्बमाथि कुल बीमा शुलक आर्जन गरेका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले १ खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । बैशाख महिनासम्ममा सबैभन्दा धेरै बीमा शुल्क बाग्मति प्रदेशबाट आर्जन भएको छ । यस प्रदेशबाट ५१ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ आर्जन भएको छ भने बीमितहरुको सबैभन्दा आकर्षण सावाधिक बीमालेखमा बढ्दो रहेको छ । यस अवधिसम्ममा सावाधिक बीमालेख अन्तर्गत सातै प्रदेशबाट ४४ अर्बमाथिको बीमा शुल्क आर्जन भएको छ ।

सावधिक जीवन बीमालेख
प्राधिकरणको तथ्याङ्क अनुसार कम्पनीहरुले कोशी प्रदेशबाट सावाधिक जीवन बीमालेख मार्फत ४ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । मधेश प्रदेशबाट यसै पोलिसी मार्फत कम्पनीहरुले २ अर्ब ८५ करोड ९४ लाख रुपैयाँ, बाग्मती प्रदेशबाट २३ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट ४ अर्ब ५० करोड ४५ लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट ५ अर्ब ६७ करोड ३४ लाख रुपैयाँ, कर्णाली प्रदेशबाट यसै पोलिसी मार्फत कम्पनीहरुले १ अर्ब ४९ करोड ९१ लाख, सुदुरपश्चिम प्रदेशबाट १ अर्ब ९५ करोड ९४ लाख गरी कुल ४४ अर्ब २७ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

Prabhu
Crest

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
बैशाख महिनासम्ममा जीवन बीमा कम्पनीहरुले यस बीमालेखमार्फत कोशी प्रदेशबाट ४ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ, मधेश प्रदेशबाट २ अर्ब २५ करोड ८५ लाख, बाग्मती प्रदेशबाट ९ अर्ब ९१ करोड ६० लाख, गण्डकी प्रदेशबाट ३ अर्ब १ करोड २० लाख, लुम्बिनी प्रदेशबाट ४ अर्ब ५९ करोड ३२ लाख, कर्णाली प्रदेशबाट १ अर्ब ४० करोड ६१ लाख, सुदुरपश्चिम प्रदेशबाट १ अर्ब ५७ करोड ७८ लाख गरी कुल २७ अर्ब १४ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
रुपान्तरित सावधिक जीवन बीमालेख
जीवन बीमा कम्पनीहरुले यस बीमालेख मार्फत कोशी प्रदेशबाट १ अर्ब ७० करोड ५५ लाख,मधेश प्रदेशबाट ३ अर्ब १९ करोड ८ लाख, बाग्मति प्रदेशबाट ६ अर्ब १२ करोड ७५ लाख, गण्डकी प्रदेशबाट १ अर्ब ३४ करोड ३५ लाख, लुम्बिनी प्रदेशबाट १ अर्ब ११ करोड २५ लाख, कर्णाली प्रदेशबाट ४० करोड ५८ लाख, सुदुपश्चिम प्रदेशबाट ४७ करोड ४७ लाख रुपैयाँ गरी कुल १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बालबच्चा सम्बन्धी सावधिक जीवन बीमालेख
प्राधिकरणको तथ्याङ अनुसार जीवन बीमा कम्पनीहरुले यस बीमालेखमार्फत कोशी प्रदेशबाट २ अर्ब २९ करोड ४४ लाख, मधेश प्रदेशबाट १ अर्ब ३८ करोड ४९ लाख, बाग्मती प्रदेशबाट ६ अर्ब ११ करोड ५ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १ अर्ब ८२ करोड १० लाख, लुम्बिनी प्रदेशबाट ३ अर्ब ९ करोड , कर्णाली प्रदेशबाट ९६ करोड ७७ लाख रुपैयाँ, सुदुरपश्चिम प्रदेशबाट १ अर्ब ४४ करोड २४ लाख रुपैयाँ गरी कुल १७ अर्ब ११ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बैदेशिक रोजगारर म्यादी बीमालेख
बैदेशिक रोजगारर म्यादी बीमालेखमा कोशी प्रदेशबाट ५ लाख, मधेश प्रदेशबाट २५ लाख, बाग्मति प्रदेशबाट २ अर्ब ७० करोड ६७ लाख, गण्डकी प्रदेशबाट ८ लाख, लुम्बिनी प्रदेशबाट २२ लाख, कर्णाली प्रदेशबाट ९१ हजार र सुदुरपश्चिम प्रदेशबाट २ लाख रुपैयाँ गरी कुल २ अर्ब ७१ करोड ३२ लाख रुपैयाँ आर्जन गरेका छन् ।

आजीवन जीवन बीमालेख
प्राधिकरणको तथ्याङक अनुसार यस बीमालेख मार्फत कोशी प्रदेश बाट ५० करोड ६६ लाख, मधेश प्रदेशबाट ६६ करोड २७ लाख, बाग्मती प्रदेशबाट ७१ करोड ३७ लाख, गण्डकी प्रदेशबाट ४८ करोड ३ लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट ७७ करोड ९ लाख रुपैयाँ, कर्णाली प्रदेशबाट २३ करोड ५० लाख रुपैयाँ र सुदुपश्चिम प्रदेशबाट १६ करोड १९ लाख रुपैयाँ गरी कुल ३ अर्ब ५३ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

एकल बीमा शुल्क जीवन बीमालेख
जीवन बीमा कम्पनीहरुले यस बीमालेख मार्फत कोशी प्रदेशबाट १४ करोड ९ लाख रुपैयाँ, मधेश प्रदेशबाट १४ करोड ६८ लाख, बाग्मती प्रदेशबाट १९ करोड ३९ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट ८ करोड ४८ लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट १८ करोड ९७ लाख, कर्णाली प्रदेशबाट ६ करोड ९५ लाख रुपैयाँ र सुदुपश्चिमबाट १२ करोड ९२ लाख रुपैयाँ गरी कुल ९५ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

म्यादी जीवन बीमालेख
बैशाख महिनासम्ममा यस बीमालेख मार्फत संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले कोशी प्रदेशबाट१७ करोड २९ लाख, मधेश प्रदेशबाट १ करोड ९४ लाख, बाग्मती प्रदेशबाट ७३ करोड १९ लाख, गण्डकी प्रदेशबाट २ करोड ५२ लाख, लुम्बिनी प्रदेशबाट ७ करोड, कर्णाली प्रदेशबाट १ करोड २५ लाख, सुदुपश्चिमबाट १ करोड ७५ लाख गरी कुल १ अर्ब ४ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

लघु जीवन बीमालेख
जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले यस बीमालेख मार्फत कोशी प्रदेशबाट १४ करोड ७१ लाख, मधेश प्रदेशबाट २ करोड ६२ लाख, बाग्मती प्रदेशबाट १ अर्ब ४३ करोड ७१ लाख, गण्डकी प्रदेशबाट ११ करोड ७५ लाख, लुम्बिनी प्रदेशबाट १५ करोड ४६ लाख, कर्णाली प्रदेशबाट २ करोड १२ लाख र सुदुपश्चिम प्रदेशबाट ६ करोड ७३ गरी कुल १ अर्ब ९७ करोड १४ लाख रुपैयाँ बीमा शुलक आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS