काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडमा संचालक परिवर्तन भएको छ । कम्पनीका संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट महेश खनालले प्रतिनिधित्व गर्दै आएकोमा कोषको पत्रमार्फत खनालको सट्टामा शान्ता गौतमलाई प्रतिनिधि मनोनयन गरी पठाएको हुनाले कम्पनीको संचालकमा गौतम नियुक्त भएकी हुन् ।
कम्पनीको जेठ २१ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक शान्ता गौतमलाई नियुक्त गरेको हो ।
1685935667983