काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसको आधारमा आज जेठ २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
कम्पनीले असार ४ गते १४औं वार्षिक साधारण सभा गर्ने भएको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले द एसआर होटल तिलोत्तमा, रुपन्देहीमा बिहान ९ बजे सभा गर्ने निणर्य गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल १५ प्रतिशत लाभांशलाई पारित गर्नेछ ।
यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १६ करोडका आधारमा १४ दशमलव २५ प्रतिशत बोनश शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पुर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि पारित गर्नेछ ।