काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा आज सूचिकृत भएको छ । कम्पनीको २ दशमलव ७५ प्रतिशतका दरले हुन आउने ६ लाख १५ हजार ९ सय ८३ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको चैत २९ गते सम्पन्न २९औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको बोशन शेयर सुचिकृत भएसँगै शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्ने छन् ।