IME Life
Beema Board

शेयर बजारका लगानीकर्ताहरुले महासंघ गठन गर्दै,  ‘एकद्वार प्रणालीबाट मुद्दा उठान गर्नु पर्ने आवाज’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लगानीकर्ताहरुको व्यक्ति विशेष संघ संघठनहरुले आफु खुसी शेयर बजारका मुद्दा उठान गर्दा समस्या देखिए पछि महासंघ गठनको आवाज उठेको छ । शेयर बजारको सामान्य ज्ञान पनि नभएका व्यक्तिहरुले संघ संघठनको नाममा आधिकारिक निकायहरु सँग छलफल गर्दा दिग्भ्रमित पार्ने काम भएको भन्दै शेयर बजारको मुद्दालाई एक द्धार प्रणालीबाट बाहिर ल्याउनका लागि महासंघ गठनको जरुरत देखिएको लगानीकर्ताहरुको भनाइ छ ।

यस विषयमा नेपाल धितोपत्र बोर्ड सँग छलफल गरेर एउटा आधिकारित निर्वाचित महासंघको गठन प्रकृयाँका विषयमा छलफल गर्नका लागि भोलि सोमबार दिउसो ३ बजे माइतिघरमा भेला हुने कार्यक्रम रहेको बजार विश्लेषक केशव कोइराला काकाले बताए ।

Prabhu
Crest

हाल बजारमा धेरै वटा लगानीकर्ताहरुको संघ संघठन रहेका छन् । कुनै पनि संघ संघठनलाई नियामक नियकाले आधिकारिकता पनि प्रदान गरेको पाइदैन । यसरी निर्माण भएका संघठनको निर्वाचन प्रणाली पनि प्रजातान्त्रिक छैन । कतिपय संघठनका अध्यक्ष लगायत एक दुई जनाले छाडिदिने वित्तीकै भोलिका दिनमा त्यो संघठन नै हराउनेछ ।

कतिपय संघ संघठनमा शेयर बजारको सामान्य जानकारी समेत नभएका व्यक्तित्वहरु छन् । तर उनिहरुले आफुहरु नै शेयर बजारको आधिकारिक प्रतिनिधि भएको दाबी गर्छन् । यस्ता संघ संघठनले आधिकारिक रुपमा आन्तरिक राजश्व विभाग, अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएससी लगायत सँग लगानीकर्ताहरुको प्रतिनिधिको रुपमा छलफलमा सहभागिता जनाउछन् ।

सामान्य छलफल गरेर फोटो खिचाएको भरमा सञ्चार माध्यममा आफुलाई प्रचार गर्छन् । तर उनिहरुका कतिपय छलफलहरुकै आधारमा आधिकारिक निकायले निर्णय गरिदिदा ठुलो गल्ती हुन्छ । आधिकारिक निकायले पनि लगानीकर्ताहरुको पनि आवाज समेटिएको मान्दछन् । यसले गर्दा पनि आम लगानीकर्ताहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एउटै महासंघको आवस्यकता देखिएको कोइराला बताउछन् ।

यसका लागि नेपाल धितोपत्र बोर्ड सँग लगानीकर्ताहरुले एकचरणको छलफल समेत गरिसकेका छन् । यसरी गठन हुने महासंघलाई नेपाल धितोपत्र बोर्डले नै आधिकारिकता दिनु पर्ने लगानीकर्ताहरुको माग छन् । निर्वाचन प्रणालीबाट निर्वाचित भएर बन्ने महासंघ गठन गरिएमा यो आम लगानीकर्ताहरुको लागि पनि हितकर हुनेछ ।

तिलक कोइराला नेतृत्वको समुहले पूँजीगत लाभकरको विषयमा विगत एक सातादेखि सडकदेखि सिंहदरवारसम्म दवाव दियो । यहि समुहले आज फेसबुक मार्फत भोलि तीन बजे बधाई साँटासाँट र लगानीकर्ताको एउटै महासंघ गठन कार्यक्रमका लागि आह्वान गरेको छ ।

यो समुहले भोलि महासंघ गठन गर्ने भन्दा पनि महासंघ कसरी गठन गर्ने भनेर छलफल गर्नेछ । सोहि छलफल पछि नेपाल धितोपत्र बोर्ड सँग अर्को चरणको छलफल गर्नेछ । अहिले आन्दोलनमा होमिएका लगानीकर्ताहरुले लगानीकर्ताहरुले आफुखुसी जति वटा संघ संघठन गठन गरे पनि सबैको सहमतिमा महासंघ गठन गर्नु पर्ने आवाज उठाएका छन् ।

यस समुहले आम लगानीकर्ताहरुलाई समहासंघको सदश्य बनाउने र सोहि सदश्यहरुबाट निर्वाचित गर्ने योजना बनाएको छ । सकेसम्म निर्वाचन प्रणालीबाटै पदाधिकारी चयन गर्नु पर्ने उनिहरुको तर्क छ । चिर्वाचन प्रणालीबाट पदाधिकारीहरु चयन हुँदा शेयर बजार बुझेका, अनुभवी, दक्ष व्यक्तिहरु आउने र उनिहरुले सहजै आधिकारिक निकाय सँग शेयर बजारका मुद्दाहरुमा छलफल गर्न सक्ने तिलक कोइराला समुहका व्यक्तिहरुको भनाइ छ ।

हाल नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघ सक्रिय छन् । यस बाहेक धेरै वटा निष्कृय लगानीकर्ताका संघ संघठन रहेका छन् । यि तीन वटा संघ संघठन विचमा जहिले पनि कसले पहिला अर्थमन्त्री, गभर्नर, अर्थसचिव, धितोपत्र बोर्ड, नेप्से, सिडिएससीलाई भेटेर फोटो खिचाउने भन्ने प्रतिस्पर्धा चल्छ ।

फोरमको अध्यक्ष तुलसी प्रसाद ढकाल रहेका छन् भने शेयर लगानीकर्ता संघ नेपालको कार्य बहाक अध्यक्षको रुपमा तारा प्रसाद फुलेल छन् भने नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल छिन् । यस पटकको आन्दोलनमा यि तीन संघठन एकातिर र तिलक कोरालाएको समुह अर्को तर्फ देखियो । यहि समुहले केहि समय अगाडी दवाव समुह गठन गर्यो । तर यसले निरन्तरता पाउन सकेन ।

यसरी कुनै व्यक्ति विशेषका संघ संघठन स्थापना गर्नु भन्दा सबैको सहमतिमा महासंघ गठन गर्ने प्रणालीको विकास गरेमा शेयर बजारका लागि पनि राम्रो हुन्छ । सबैको सहमतिमा हाल विध्यमान संघ संघठनका प्रतिनिधिहरु नै महासंघमा प्रतिनिधिको रुपमा जाने वातावरण बनाउने हो भने महासंघमा सबैको अपनत्व पनि सिर्जना हुन सक्छ ।

हाल बजारमा ५०/५५ लाख भन्दा धेरै लगानीकर्ताहरु छन् । उनिहरुका तर्फबाट कयौ लगानीकर्ता संघ संघठन निर्माण भएका छन् । कतिपयको त सम्पर्क कार्यालय समेत छैन । कतिपय संघ संघठन समस्या समाधान गर्ने भन्दा पनि थप समस्या बल्झाउने खालका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS