काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ३२ लाख २६ हजार ७७२ दशमलव ४५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीले गत चैत १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २६ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो । कम्पनीको उक्त बोनश शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।