IME Life
Beema Board

बैशाखसम्ममा निर्जीवन बीमा कम्पनीहरुले भित्राए ३२ अर्ब ६८ करोड व्यवसाय, कुनले कति गरे ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९ /८० को बैशाखसम्ममा ३२ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले २३ लाख ५० हजार ६५२ वटा बीमा पोलिसी विक्री गरी ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । बैशाख महिनामा मात्रै यी कम्पनीहरुले २ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी हिमालयन एभरेष्टले २ अर्ब ४९ करोड ४ लाख, नेको इन्स्योरेन्सले २ अर्ब ४५ करोड ९३ लाख, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ९८ करोड, सानिमा जिआइसीले १ अर्ब ८२ करोड, अजोड इन्स्योरेन्सले १ अर्ब ७१ करोड, साविक आइएमई जनरलले १ अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

Prabhu
Crest

त्यस्तै, नेपाल इन्स्योरेन्सले १ अर्ब २७ करोड, प्रभु इन्स्योरेन्सले २७ करोड, ओरिएण्टल इन्स्उयोरेन्सले १ अर्ब १६ करोड, साविक प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १५ करोड, यूनाइटेड इन्स्योरेन्सले १ अर्ब १५ करोड, नेशनल इन्स्योरेन्सले ८२ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गरी २ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS