Connect IPS
IME Life

लगानीकर्ताको आन्दोलन पछि शेयर कारोबार ठप्प, अर्थमन्त्री सँग वार्ता सुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर लगानीकर्ताहरुले शेयर कारोबार ठप्प पारेका छन् । उनिहरुले सम्पुर्ण ब्रोकर कार्यालयमा तालबन्दी गर्दा कारोबार नै ठप्प भएको छ । लगानीकर्ताहरुले ब्रोकर कार्यालय खोल्ने प्रयास भएमा सम्बन्धित पक्षबाट हुने हानी बेहर्न समेत चेतावनी दिइएको छ ।

उनिहरुको चेतावनी सँगै लगभग कारोबार ठप्प छ । तर अनलाइन प्रणालीबाट शेयर खरिद बिक्री हुने भएकाले थोरै थोरै शेयर खरिद बिक्री भने भइरहेको छ ।

Prabhu
Crest

लगानीकर्ताहरुले आर्थिक विधेयकमा भएको व्यवस्था हटाउने माग गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत सँग अर्थमन्त्रालयमा बैठक बसिरहेका छन् । उनिहरुले पूँजीगत लाभकर ५ प्रतिशत र साढे ७ प्रतिशत अन्तिम कर हुनु पर्ने भन्दै माग राखेका छन् ।

राजश्व विभागले स्पष्टिकरण दिएको पटके र व्यवसायिक लगानीकर्ता भनेर गरेको वर्गिकरणले अन्योल पैदा गरेको भन्दै आर्थिक विधेयकको सम्बन्धित दफा नै खारेज गरिदिनु पर्ने अडान राखेका छन् । यसै क्रममा उनिहरुले आज अर्थमन्त्री महतको घर घेराउ गर्न पुगेका थिए । तर प्रहरीले अवरोध गरे पछि उनिहरुले मन्त्रालयमै छलफल गर्ने निर्णय गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS