IME Life
GBIME

आजसम्म शेयर किन्नेले समीट लघुवित्तको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनछेन् ।

कम्पनीले १४औं वार्षिक साधारण सभा असार ३ गते गर्ने भएको छ । जेठ १३ गतेको सञ्चालक समितिको बैठकले अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा विहान १०ः३० बजे गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लाभांश प्रस्ताव पारित गर्नेछ ।कम्पनीले यस वर्ष हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष ७ करोड ५ लाख २६ हजार बराबरको लाभांश वितरण गर्ने छ ।

Crest

यस वर्षको बोनश शेयरपछि कायम हुने शेयरपूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस कम्पनीले मर्जरपछि कायम हुने शेयर स्वामित्वमा सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात न्यूनतम ३० प्रतिशतभन्दा कम हुने हुँदा कम्पनीले एफपीओ जारी गर्ने भएको हो ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS