काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १६ दशमलव ५४ अंकले बढेर १,८६६ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मुल्य बढेको छ भने ३७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २७२ कम्पनीको ६१ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको २३ करोड २१ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ११ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।