Connect IPS
IME Life

लिवर्टी, ट्रष्ट र स्टार लघु बीमा कम्पनीले जुटाए पूँजी, यी हुन् प्रमुख लगानीकर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लघु बीमा व्यवसाय सञ्चालनको लागि प्रारम्भिक लाइसेन्स प्राप्त गरेका सबै लघु बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी जुटाएका छन् । प्राधिकरणले दिएको समयमा पूँजी जुटाउन नसकेका लिवर्टी माइक्रोइन्स्योरेन्स कम्पनी, स्टार माइक्रोइन्स्योरेन्स कम्पनी र ट्रष्ट माइक्रोइन्स्योरन्स कम्पनीले पूँजी जुटाएका हुन् ।

प्राधिकरणले मंसिर ११ गते सात वटा प्रदेश तोकेर ७ वटालाई लघु बीमा कम्पनी स्थापनाका लागि छनोट गरेको थियो । कम्पनी छनोट सँगै ३५ दिन भित्रमा पूँजी जुटाउन निर्देशन दिइएको थियो । तर तोकिएको समय अवधिमा जम्मा ४ वटाले मात्रै न्युनतम चुक्ता पूँजी जुटाए । बाँकी तीन वटा कम्पनीले ४५ दिन समय थप गरिदिन अनुरोध गरेका थिए । आर्थिक मन्दी र शेयर बजारमा वियरिस ट्रेण्ड चलिरहेका कारण तीन वटा कम्पनीका संस्थापकले पूँजी जुटाउन नसकेका हुन् ।

Prabhu
Crest

पूँजी जुटाएका चार वटै कम्पनीले केन्द्रिय कार्यालय स्थापना गर्नेदेखि लिएर प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरु समेत नियुक्त गरिसकेका छन् । चार वटैले यहि असार भित्रमा व्यवसायिक कारोबार शुभारम्भ गर्ने तयारी गरेका छन् । भर्खरै पूँजी जुटाएकाले भने असार भित्रमा व्यवसायिक कारोबार शुभारम्भ गर्न धेरै मुस्किल छ ।

लिवर्टी माइक्रोइन्स्योरेन्स कम्पनी

यो कम्पनीमा लक्ष्मी समुहको सर्वाधिक लगानी रहेको छ । ठुला लगानीकर्तामा संस्थागत लगानीकर्ता भएकाले पनि पूँजी जुटाउन धेरै गाह्रो परेको हो । जसमा रेमी क्याफिनले ९ करोड, रिफ्लेक्स क्याफिनको ८ करोड ७५ लाख, लाङ्टाङ इन्भेष्टमेन्टको ८ करोड ८५ लाख, पाल्दोर इन्भेष्टमेन्टको ८ करोड ७१ लाख, गाटी फिनक्रपको ६ करोड ६४ लाख, कविता लोहियाको ५ करोड, गोदावरी फिनक्रपको २ करोड ५० लाख, लक्ष्मी बैंकको ७४ लाख ५० हजार, रजनिस कर्नानीले ३५ लाख, हर्सिता अग्रवालले ३५ लाख, सुमिता पोखरेलले ३५ लाख, लक्ष्मी क्यापिटल मार्केटले २५ लाख, आदित्य अर्नभले २० लाख रुपैयाँको लगानी गर्ने प्रवन्धपत्रमा रहेको छ । तर उनिहरुले कबुल गरेको रकम दिन सकेका छैनन् । यसले लघु जीवन बीमा कम्पनीको लाइसेन्स पाएको हो । यसको केन्द्रिय कार्यालय पोखरामा रहनेछ ।

स्टार माइक्रोइन्स्योरेन्स

यस कम्पनीका संस्थापकले पनि कबुल गरिएको रकम जुटाउन सकेका छैनन् । प्रवन्धपत्र अनुसार घान्द्रुक इन्भेष्टमेन्टले ११ करोड २५ लाख, कल्यानी क्याफिनले ११ करोड २५ लाख, लोबुच्छे इन्भेष्टमेन्टले ११ करोड २५ लाख, उर्जा फिनक्रोपले ७ करोड, कविता लोइयाले ५ करोड, गोदावरी फिनक्रपले २ करोड ५० लाख, लक्ष्मी बैंकले ७४ लाख ५० हजार, रजनिस कर्नानीले ३५ लाख, सुमिता पोखरेलले ३५ लाख, हर्सिता अग्रवालले ३५ लाख, लक्ष्मी क्यापिटल २५ लाख ५० हजार, अदिती कर्णको २० लाख रुपैयाँ लगानी प्रतिवद्धता रहेको छ । यसमा ३२ जना संस्थापक लगानीकर्ता रहेका छन् । यसले निर्जीवन लघु बीमा कम्पनीको लाइसेन्स प्राप्त गरेको हो । यसको केन्द्रिय कार्यालय जनकपुरधाममा रहनेछ ।

ट्रष्ट माइक्रोइन्स्योरेन्स

यस कम्पनीका संस्थापकले पनि पूँजी जुटाउन सकेका छैनन् । प्रवन्धपत्र नियमावली अनुसार यसमा ५३ जनाको नाम रहेको छ । यसरी पूँजी कबोल गरेका ५३ जना मध्ये अधिकाम्सले पूँजी जुटाउन सकेका छैनन् । यसमा सफारी इन्भेष्टमेन्टको ९ करोड, रेजेन्सी फिन क्रपको ९ करोड, विप्रो फिनक्रपको ८ करोड २५ लाख, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७ करोड ५० लाख, भिजन लुम्बिनी २ करोड ५० लाख, आविष्कार होल्डिङ एण्ड इन्भेष्टमेन्ट एक करोड ७५ लाख, जगत बहादुर पोखरेल ९० लाख, थानेश्वर पौडेल ७५ लाख, नारायण प्रसाद खनाल ७० लाख, गोपाल प्रसाद दंगालले ६५ लाख रुपैयाँको लगानी कबोल गरेका छन् । यसले निर्जीवन लघु बीमा कम्पनीको लाइसेन्स प्राप्त गरेको हो । यसको केन्द्रिय कार्यालय लुम्बिनीमा रहनेछ ।

लाइसेन्स पाइसकेका कम्पनीहरुले व्यवसाय शुभारम्भका लागि आन्तरिक तयारी गरिरहेका छन् । चार वटै कम्पनी नयाँ बीमा पोलिसी डिजाइनका लागि खटिएका छन् । एक्चुरियल मूल्याङ्कन गरेर मात्रै प्रोडक्ट निर्माण गर्नु पर्ने हुन्छ । एक्चुरीले प्रोडक्ट डिजाइन गरेपछि बीमा प्राधिकरणबाट पनि स्वीकृति पाउनु पर्छ । यि सबै प्रकृयाँ पुरा हुने वित्तीकै एकिकृत कारोबार गर्ने योजनामा कम्पनी छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

40%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS