Connect IPS
IME Life

मेट लाइफ नेपालद्वारा ग्रामीण महिला उत्थान केन्द्रलाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेट लाइफ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संयुक्त रूपमा मध्यपश्चिम नेपालको दाङ जिल्लाका प्रभावित क्षेत्रहरुमा सिकलसेल एनिमियाको फैलावट न्यूनीकरण गर्न सहयोग गर्ने भउको छ । दाङ र आसपासका क्षेत्रमा व्याप्त रोग मध्येको एक सिकलसेल एनिमियाले सम्पूर्ण मानव शरीरमा अक्सिजन पु¥याउने रातो रक्त कोशिकाको आकार नै परिवर्तन गर्छ । तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा यो रोगको उच्च प्रकोप देखिएको छ, शरीर दुख्ने, विभिन्न संक्रमणहरु हुने, कडा थकानको महसुस र रक्तअल्पता हुने लक्षण देखिएको छ । यस रोगबाट संक्रमित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा कुनै पनि प्रकारको शारीरिक काम गर्न कठिनाइ महसुस गर्छन् र समुदायमा सामाजिक र आर्थिक विपत्तिको शिकार हुन्छन् ।

यस सम्झौता अन्तर्गत, मेटलाइफ नेपालले प्रभावित क्षेत्रका नेता, स्वयंसेवक र सम्बन्धित सरोकारवालाहरूसँग विशेष गरी सचेतना कार्यक्रम सञ्चालन गर्न केन्द्रलाई सहयोग गर्नेछ । यी कार्यक्रमहरूले रोग, यसको प्रभाव र लक्षणहरूबारे जनचेतना जगाउने उद्देश्य राखेका छन् । सम्भावित वाहकहरू पहिचान गर्न र सही उपचार सुरु गर्न मद्दतको लागि समुदायका मानिसहरूलाई रगत परीक्षण गर्न पनि प्रोत्साहन गरिनेछ ।

Prabhu
Crest

मेटलाइफ नेपालले प्रभावित क्षेत्रका मानिसहरूलाई सकारात्मक रूपमा बाँच्न मद्दत गर्न, थप जोखिमहरू न्यूनीकरण गर्न र रोगसँग सम्बन्धित सामाजिक अन्धविश्वास र भेदभाव उन्मूलन गर्न केन्द्रलाई रोगको स्क्रीनिंग, उपचार र प्रभावकारी परामर्शमा पनि सहयोग गर्नेछ ।

मेटलाइफ नेपालले यस सहायताले थारु समुदायलाई सिकलसेल एनिमियाका बिरामीहरूले सामना गर्ने चुनौतीहरूसँग लड्न थप तयार हुने विश्वास पनि लिएको छ । समयमै सचेतना, रोग जाँच, र उपचारको पहुँचले समुदायको भविष्यका जोखिमहरूलाई न्यूनीकरण गर्न र उनीहरूलाई स्थिरता र आशाका साथ विश्वस्त भविष्य बाँच्न प्रोत्साहित गर्नेछ ।

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS